Skip Navigation Links
    Reservation Code

Please enter your reservation number to check your itinerary.
Special offer>>

अन्तर्राष्ट्रिय हवाई टिकट किन्दा जान्नै पर्ने कुराहरू


1- रकम - टिकट किन्दा थोरै रकम तिर्नु मात्र बुध्दिमानी होइन । पुरै यात्रा सस्तो र सुविधाजनक हुने गरी टिकट किन्नु पर्छ ।

2- ट्रान्जिट - ट्रान्जिट कहाँ छ र समय कति छ भन्ने कुरा राम्रोसंग ख्याल गर्नु पर्छ । ख्याल गरिएन भने सवैभन्दा सस्तो मुल्यको टिकट किन्दा पनि पुरै यात्रा भने पर्नु पर्नेभन्दा महँगो पर्न सक्छ ।

3- भीसा - यात्रा गर्न आवस्यक पर्ने भीसा सहितको पासपोर्ट, ट्राभलडकुमेन्ट जस्ता कागजहरू साथमा राख्नु पर्छ । गन्तब्य स्थानको भीसा लिएको हुँदाहुँदै पनि कतिपय ट्रान्जिटको भीसा छुट्टै लिनुपर्ने छ-छैन समयमै बुझेर लिनुपर्ने भीसा नलिएको खण्डमा यात्रा महँगो पर्न सक्छ । कतिपय एयरपोर्टमा 8 घण्टासम्म ट्रान्जिट भए भीसा लिन नपर्ने तर त्यो भन्दा बढि समय भए भीसा लिनु पर्ने पनि हुन्छ । कतिपय देशमा पुगेपछि (एराईभलमा) पनि भीसा दिने ब्यवस्था हुन्छ । कतिपय देशमा नेपाल बसोबास गर्ने र बेलायत- अमेरिका आदि देशमा बसोबास गर्ने नेपाली नागरिकलाई फरक भीसाको ब्यवस्था भएको पनि पाईन्छ । भीसाको ब्यवस्था हरेक देशमा ब्यक्ति पिच्छे फरक नियम लागु हुने गर्छ ।

4- सामान (लगेज) - फरक फरक टिकटमा यात्रुले बोक्न पाउने सामान (लगेज)को तौल फरक हुन्छ । आफुले किनेको वा किन्ने टिकटमा सामान कति लान पाईन्छ भन्ने बुझेर त्यसै अनुसार सामान साथमा लानु पर्छ । साथमा लान पाउने सामानको वजन बढि भएमा धेरै रकम तिर्नु पर्ने हुन्छ । एयरवेजहरूले प्रिभिलेज कार्ड हुनेहरूलाई थपसुविधा पनि दिने गर्छन् ।

 5- यत्रा मिति फेर्न (डेट चेन्ज) - टिकट किन्दा ख्याल हुँदैन तर धेरैजसो यात्रुलाई यात्रा गर्ने मिति बदल्नु (चेन्ज) पर्ने हुन्छ । मिति बदल्ने विषयमा फरक फरक टिकटको फरक फरक नियम हुन्छ । सस्तो अफरको टिकटमा मिति फेर्न नपाउने हुन्छ भने प्रायजसो थोरै बढि रकम तिर्दा मिति बदल्न पैसा तिर्नु नपर्ने वा थोरै तिर्नु पर्ने हुन सक्छ । त्यसैले टिकट किन्दा केही बढि तिरेर मिति बदल्न सुविधा हुने़ गरी किन्दा पुरै यात्रा सस्तो पर्ने हुन्छ । अधिकांस यात्रुहरूले टिकट किन्दा मिति फेर्ने विषयमा नसोँच्ने तर पछि बढि पैसा तिर्ने गरेको पाईन्छ । त्यसैले गर्दा एयरवेजहरूले टिकट सस्तो मुल्यमा बेच्ने तर मिति फेर्दा (चेन्ज) वा प्लेन छुट्दा यात्रुबाट धेरै कमाई गर्ने उपाय अपनाएको पाईन्छ । त्यसैले टिकट किन्दा यस विषयमा निकै होस पुर्याउनु पर्छ । सस्तो पर्छ भनेर प्राय टिकट किनेको लामो समयपछि यात्रा गर्ने गरी टिकट किनिन्छ । टिकट किन्दाको र फर्कने समयको अन्तराल पनि लामो हुन्छ । लामो समयको अन्तरालका कारण अवस्था फेरिनाले टिकटमा हेरफेर गर्दा झनबढि खर्च हुन्छ । एयरवेजहरूले बेचिसकेको टिकटमा यात्रुले अरू एयरवेजको टिकट सार्न गाहरो हुने ठानेर बढि कमाउने दाउमा हुन्छन् । ट्राभल एजेन्सीको सल्लाहामा टिकट किन्दा टिकटको मुल्य मात्र सस्तो पर्ने होईन यात्रा पुरा हुँदा र अप्ठेरो परेको अवस्थामा कम खर्च हुने सल्लाहा पाउन सकिन्छ । यस विषयमा अनलाईनमा टिकट किन्दा भन्दा एजेन्सीबाट किन्दा नियम सोध्न सजिलो हुन्छ । अनलाईनबाट किन्दा राम्रोसंग सबै नियम पढ्नु पर्छ ।

6- प्लेन छुटेमा - प्लेन छुटेमा टिकट किन्दाको नियम लागु हुन्छ । कुनै टिकटमा प्लेन छुटेको खण्डमा पुरै टिकट नै काम नलाग्ने हुन्छ । कुनै टिकटमा जरिवाना तिरेर अर्को दिन यात्रा गर्न पाईन्छ । कुनै टिकटमा जरिवाना पनि नतिरि अर्को दिन यात्रा गर्न पाइन्छ । तर आफ्नो क्लासको सीट अर्को दिन उपलब्ध छ कि छैन भन्ने कुरामा पनि प्लेन छुटेपछि कति रकम थप्नु पर्ने भन्ने कुरा निरभर गर्दछ ।

7- यात्रा मिति - यात्रा गर्ने मिति भन्दा धेरै पहिला टिकट किने़को अवस्थामा यात्रा गर्ने मिति भन्दा एक-दुई दिन अगाडि टिकट किनेको ठाउँमा सम्पर्क गरेर प्लेनको समय तालिका (शे़डुल) हेरफेर त भएको छैन भन्ने कुरा निधो गर्नु पर्छ । प्राविधीक वा अन्य कारणले केही हेरफेर भएको रहेछ भने उपलब्ध विकल्प रोज्न सकिन्छ । फर्कने मिति भन्दा अगाडि पनि एयरवेजमा सम्पर्क गरेर आफ्नो यात्रा तालिका (शे़डुल) निधो गर्नु पर्छ । समयमा सम्पर्क नगरेको खण्डमा अनावस्यक दुख पाउने सम्भावना रहन्छ । उदाहरण- हिउँ परेर लण्डनको एयरपोर्ट बन्द भएको अवस्थामा समयमै नबुझि एयरपोर्ट पुगियो भने बेकारको दुख पाउने सम्भावना रहन्छ । यो त एक उदाहरण मात्र हो, भोल्केनो आशका कारण वा प्राविधिक कारणले पनि कहिलेकाही समय तालिका फेरिएको हुन सक्छ ।

 8- बालबच्चा - प्रायजसो 2 वर्षदेखि 11 वर्षको वच्चालाई चाईल्ड फेयर (75%) र 2 वर्ष भन्दा मुनिको बच्चालाई ईन्फेन्ट फेयर (20%) लागु हुन्छ । बालिग (एडल्ट) यात्रु विना नै यात्रा गर्ने बालबच्चालाई एयरवेजको जिम्मा दिएर यात्रा गराउन एयरपोर्ट छोड्ने र एयरपोर्ट लिन आउने अविभावकको विवरण चाहिन्छ । त्यो सवै ब्यवस्था पहिला नै मिलाउनु पर्छ ।



© WWW.FLYKATHMANDU.CO.UK
13 DEENE COURT, PETERBOROUGH,
Cambridgeshire, PE3 7AY, UK
Phone N. 0044(0) 17330580
Fax 0044(0)1733530444
email: info@flykathmandu.co.uk